देशभरमा १५१३ मा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र ९३४ जना

देशभरमा १५१३ मा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र ९३४ जना 1

असोज १३, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा १५१३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौंमा आज सबैभन्दा धेरै ९३४ जना संक्रमित भएका छन् । जसअनुसार काठमाडौंमा ७४७, भक्तपुरमा ७३, ललितपुरमा ११४ जना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..