साढे ७ किलो अवैध लागू औषध अफिम सहित एक महिला पक्राउ

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ पिपलबोटबाट ७ किलो ५ सय ग्राम अवैध लागूऔषध अफिम सहित रोल्पा परिवर्तन गाउँपालिका १ बस्ने ५० वर्षीया सिता रोकालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो । साथै अटो चालक शिवराज नगरपालिका ५ बस्ने शुशिल क्षेत्री समेतलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...
Ghar Aagan
karki_purna@yahoo.com
http://rajmrga.com

यो छुट्टाउनु भो कि..