देशभरमा १५५९ मा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र ९०२ जना

असोज १४, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशाला १२ हजार २०५ नमुना परीक्षण गर्दा १५५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा आज ९०२ जना संक्रमित भएका छन् । जसअनुसार काठमाडौंमा ६९७, भक्तपुरमा ९३, ललितपुरमा ११२ जना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ८९१ संक्रिय संक्रमित छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..