आइपीएलमा राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

लगातार दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पार्‍यो। १ सय ७४ रनको लक्ष रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरमा ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो।​ कोलकाताको यो पहिलो जीत हो।

राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे । त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर २१ र राहुल टेवाटिया १४ रन बनाए। कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..