भारतमा १५ दिन पछि सिनेमा हल खुल्ने

नयाँ दिल्ली । भारतमा दैनिक ठूलो मात्रामा कोरोना सङ्क्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् ।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबको १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ । तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको छ ।

सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..