पहिलो सङ्क्रमितलाई पुनः काेराेना सङ्क्रमण

पहिलो सङ्क्रमितलाई पुनः काेराेना सङ्क्रमण 1

सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो ।

४१ जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ । कोरोना सङ्क्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना सङ्क्रमित छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Ghar Aagan
karki_purna@yahoo.com
http://rajmrga.com

यो छुट्टाउनु भो कि..