शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त, खतिवडा र रेग्मी अमेरिका र बेलायतको राजदूतमा सिफारिस

काठमाडाैं । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

स्राेतकाे अनुसार आज बिहान लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत भएपछि खालि रहेकाे उक्त पदमा बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको हाे । मुख्यसचिवबाट आजै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Ghar Aagan
karki_purna@yahoo.com
http://rajmrga.com

यो छुट्टाउनु भो कि..