आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना संक्रमित

असोज १५, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण भएको छ ।

शंकास्पद लक्षणपछि बुधबार गरिएको स्वाब परीक्षणको रोर्पोट पोजेटिभ आएको निगम स्रोतले जनाएको छ ।

‘तीन दिनदेखि सुख्खा खोकी लागेपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको थियो, बिहिबार आएको स्वाब नतिजामा कोरोना देखियो,’ निगम स्रोतले भन्यो ।
पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरको आइसोलेसनमा छन् ।

आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..