प्रधानसेनापति थापाद्वारा शरदलाल श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति थापाद्वारा शरदलाल श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान 1

असोज १५, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दज्र्यानी चिह्न लगाइदिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्त्रिपरिषद्को यही असोज १२ गतेको बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । प्राविधिक उपरथी श्रेष्ठलाई जङ्गी अड्डाले इन्जिनीयरिङ विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..