आइपीएल क्रिकेटमा मुम्बईसँग पञ्जाब ४८ रतले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ। मुम्बईले दिएको १९२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५, कृष्नाप्पा गोवथमले अविजित २२ तथा केएल राहुलले १७ रन बनाए। मुम्बईका राहुल चहर, जसप्रित बुम्रराह र जेम्स पाटिसनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पाण्डेयले एक एक विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो। मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ७० रन बनाए। त्यस्तै इशान किशनले २८ रन बनाए भने सूर्यकुमार यादवले १०, केरन पोलार्डले २० बलमा आक्रामक ४७ रन र हार्दिक पाण्डेयले ११ बलमा ३० रन बनाएका थिए।

पञ्जाबका मोहमद सामी, शेल्डन कोट्रेल र कृष्नप्पा गोवथामले एक विकेट लिएका थिए।​ आइपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..