आज देशका केही पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ।

महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..