अन्तशुल्क करको दर घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आर्थिक ऐन २०७७ अनुसार अन्तशुल्क करको दर घटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले हिजो यस्तो जानकारी गराउनुभएको हो ।

त्यस्तै उद्योग मन्त्रालय अन्तरगतको एकल सेवा विन्दु केन्द्र र खानी विभागका लागि अधिकृत तहको २८ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।

सरकारले एसिड पीडितका नाममा चन्दा सहयोग उठाउन नपाउने र त्यस्तो कसुर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको छ । सरकारले लोकसेवालाई नियमित अवस्थामा पदपूर्तिको काम गर्न बाटो पनि खुला गरिदिएको छ ।

यसैबीच, सरकारले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । केसीलाई अहिले अनशन फिर्ता लिएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..