प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा “टालाटुली बाटुली  ” भिडियो सहित 

नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो  विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा  “टालाटुली बाटुली  ” म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।

गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिदै त्यो रमाइलो गरेको कुरा लाई गीतको माध्यमबाट पोखिएको छ ।

किरण के उप्रेतीको शब्द  र पुस्कर सुनुवारको सङ्गीत रहेको गीतलाई सन्जिव बराइलीले एरेन्ज गरेका छन । सो म्युजिक भिडियोमा राजकुमार दर्जि र मनिशा शिरिष मगर ले अभिनय गरेका छन  ।

काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । अजय रेग्मीले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..