रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न

रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न 1

असोज १६, ललितपुर । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ । विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो । मन्दिर पुनःनिर्माणमा रु तीन करोड २१ लाख रकम सम्झौता भएको थियो ।

लगभग एक हजार ५०० वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करीब ४० प्रतिशत सम्पन्न भएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नुपर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी गराएका छन् । मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको उनले बताएका छन्। उनले भने, “यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाहे काम भने समाप्त हुनै लागेको छ । ”

निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर रु एक करोड ४० लाख बराबरको काम गरिसकेको शाक्यको भनाइ छ । “मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छाँै”, शाक्यले भने, ।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठुलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन् । यो काठमाडांै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिएपनि कसैबाछ पनि चासो नदिएपछि हाल समितिले काम अघि बढाएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..