अर्घाखाँचीमा सीडीओसहित ७ जनालाई कोरोना पुष्टि

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना पुष्टि भएको हो ।

उनीहरूसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

यही ६ असोजमा परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्दार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएकामा सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..