स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पथरी नगर अस्पतालको सेवा बन्द

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पथरी नगर अस्पतालको सेवा बन्द 1

मोरङ । पथरी शनिश्चरे नगरपालिकास्थित पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीसहित नौजनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै अस्पतालका सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ। महिलासहित नौजनामा कोरोना पोजेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए।

जनस्वास्थ्य निरीक्षक आचार्यसहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधिको समेत कोरोना पुष्टि भएको हो।

अस्पतालका सम्पूर्णको कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालको सेवा बन्द गरिएको हो। पिसिआर रिपोर्ट नआएसम्म बिरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष याम प्रसाद गुरागाईले जानकारी दिए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..