आइपीएल क्रिकेटमा दिल्लीसँग कोलकाता १८ रनले पराजित

काठमाडौं । इण्डियन्स प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै २१० मात्रै बनाउन सक्यो। कोलकोताका लागि नितिश रानाले सर्बाधिक ५८ रन बनाए भने इयोन मोर्गनले ४४ रन बनाए । त्यस्तै सुभमन गीलले २८ रन बनाए ।

दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ८८ रन बनाएका थिए। त्यस्तै पृथ्वी शाले ४१ बलमा ६६ रन बनाएर आउट भए भने शिखर धवनले २६ र रिषव पन्तले १७ बलमा ३८ रन बनाएर आउट भए।

कोलकोताका बलर आन्द्रे रसेलले २ विकेट लिए भने वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए। शनिबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पारजित गरेको थियो।

आइपिएलमा आज दुई खेल हुने छ। आज पहिलो खेल मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच हुने छ भने दोस्रो खेल किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपरकिंग्स भिडने छन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..