प्रधानमन्त्री ओली आइसोलेसनमा, ओलीको स्वाब परीक्षणको तयारी

प्रधानमन्त्री ओली आइसोलेसनमा, ओलीको स्वाब परीक्षणको तयारी 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेको छ ।

सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण सङक्रमण भएको छ ।

चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु भएको छ । उहाँको फेरि स्वाब संकलन गर्ने तयारी छ ।

विदेश मामिला सल्लाहकार डाक्टर भट्टराईले कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ ।
प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा हुनुहुुन्छ । गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आउनुभएकाले उहाँमा जोखिम कम रहेको विदेश मामिला सल्लाहकार भट्टराईको भनाइ छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..