धनुषामा बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा सदा पक्राउ

जनकपुरधाम । धनुषामा बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले दिनुभएको जानकारी अनुसार धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरिएको पाइएको हो ।

शुक्रबार किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको कृषि इँटा उद्योग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको छ ।

उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका सदाले ति बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

ति बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहीबार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इँटा उद्योगमा लगेका र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..