कांग्रेस केन्द्रीय कार्यालय २२ गतेसम्म बन्द

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ। पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्यसहित अन्य केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि पार्टी कार्यालय पाँच दिनका लागि बन्द गरिएको कार्यालय स्रोतले जनाउको छ । स्रोतका अनुसार असोज १८ गतेदेखि २२ गतेसम्म कार्यालय बन्द गरिएको हो।

शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण देखिएको थियो।

अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..