सुनको मूल्यमा वृद्धि

असोज १८, काठमाडौं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..