दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु 1

असोज १८, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..