आँखाअगाडि अँधेरो छाउँछ वा रिङ्गटा लाग्छ ? ध्यान दिनुस्, यस्तो समस्या हुन सक्छ

उच्चरक्तचाप खतरनाक हुन्छ, यो त सबैलाई थाहा छ।तर के लो ब्लड प्रेसर पनि त्यति नै डरलाग्दो हुन्छ ?

आँखाअगाडि अँधेरो छाउनु

हत्तपत्त उभिँदा रक्तचाप (ब्लड प्रेसर) अचानक घट्ने गर्दछ । त्यसैले कतिपय अवस्थामा झुम्म आँखाअगाडि अन्धकार वा धमिलो छाउँछ । लो ब्लड प्रेसर लामो समयसम्म कायम रह्यो भने स्वास्थ्यमा नराम्रो असर पर्दछ ।

बढ्दो समस्या

लो ब्लड प्रेसर कायम रहँदा मानिसहरु अक्सर निकै नै थकान महशुस गर्दछन् ।लगातार टाउको दुखिरहन्छ । छालामा फिकापन देखिन्छ । हात र खुट्टा चिसो रहन्छ । कतिपय अवस्थामा त लो ब्लड प्रेसरका कारण स्वास लिन पनि समस्या हुने गर्दछ ।

रिङ्गटा लाग्नु

उच्च रक्तचापको तुलनामा लो ब्लड प्रेसर कम खतरनाक मानिन्छ । तर जहाँ उच्च रक्तचापका कारण हृदयघात वा स्ट्रोकको खतरा रहन्छ, त्यही ब्लड प्रेसर धेरै तल झर्दा मानिस बेहोस हुन सक्दछ ।

कसलाई बढी खतरा

लो ब्लड प्रेसरको गुनासो अक्सर निकै दुब्ला पातला र शारीरिक रुपबाट निकै कम सक्रिय रहने युवाहरुमा पनि देखिएको छ।बालबालिकामा लो ब्लड प्रेसर आनुवांशिक रुपबाट आमा वा बाबुबाट आउँछ ।

अन्य रोगको जड

लामो समयसम्म लो ब्लड प्रेसर कायम रहँदा शरीरका अन्यअंगहरुमा असर पर्न सक्दछ ।लो बीपीका कारण मुटुरोग, थाइराइड र मृगौलासम्बन्धी समस्याले जन्म दिने गर्दछ । उच्च रक्तचापको औषधिले पनि कहिलेकाही रक्तचाप निकै तल झार्ने गर्दछ।

गर्भवती महिलामा असर

गर्भावस्थाअघि ६ महिनामा बीपी लो रहनु आम कुरा हो । तर यो निकै नै कम हुनु भने हुँदैन । लामो समयसम्म निकै नै लो बीपी रहँदा आमा र भ्रुण दुवैलाई असर पार्दछ । यसबाट बच्चासम्म निकै कम पोषक तत्व पुग्ने गर्दछ ।

औषधिको आवश्यकता

लो बीपी कायम रहँदा चक्करजस्तो आइरहेको छ वा जीवनका दैनिकीमा समस्या सिर्जना भइरहेको छ भने औषधि सेवन गर्नु उचित हुनेछ । यदि समस्या त्यति गम्भीर छैन भने यसको सामना गर्न सहज तरिकाहरु पनि छन् ।

सजिलो तरिका

ताजा हावामा घुम्नु । शोधहरुका अनुसार ताजा हावाको चिसोले थाकान र रिङ्गटा लाग्ने जस्ता समस्या कम गर्दछ । नियमित रुपमा व्यायम गर्नु, बिचबिचमा चिया वा कफी पिउनु, नुनको मात्रा थोरै बढी लिनु र पर्याप्त पानी पिउनु यो सजिलो र असरदार उपायहरु हुन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..