
काठमाडाैं । पछिल्लाे २४ घण्टामा गरिएकाे परिक्षणमा आइतबार थप २ हजार २५३ जना नँया कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २५३ जना नँया कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। यो सहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।
हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको प्रवक्ता गौतमले बताए । त्यस्तै मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ। यो सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ।
Loading...