कोरोना संक्रमित अध्यक्ष भन्छन्,जनताको सेवामा लाग्दै गर्दा रोग लागेको पत्तै पाइन

काठमाडौं । जनताको सेवामा खटिदै गर्दा कति स्वास्थ्यकर्मी, कति सेना प्रहरी त कति पत्रकारहरुमा कोरोना भेटिएका छन् । धेरैले कोरोना जितेका छन् । केही असफल भएका छन् । त्यस्तै आफु जनाताको सेवा खटिदै गर्दा आफुलाइ कोरोना भाइरस लागेको पत्तै नभएको रामेछाप नगरपालिका वडा नम्बर ६ को अध्यक्ष धन बहादुर खड्काले बताएका छन् ।
खड्कालाई कोरोना संक्रमण भेटिएपछि रामेछाप नगरपालिका र वडा नम्बर ६ को वडा कार्यालय बन्द गरिएको छ । आज सुचना जारीगरी नगरपालिकाले बन्द रहेको जानकारी दिएको हो ।
वडा अध्यक्ष सहित नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना भेटिएपछि असोज २३ गतेसम्मको लागि नगरपालिका र ६ नम्बर वडा कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
आफुमा कोरोना संक्रमण भेटिएपछि पुर्ण रुपमा स्वास्थ्यको मापदण्ड पालना गरेर बसेको अध्यक्ष खड्काले जनाकारी दिएको छ । उनले आफु जनाताको काममा खटिदै गर्दा आफुलाइ भाइरस लागेको पत्तै नभएको बताए । होम आइसोलेसनमा बसेका अध्यक्ष खड्काले अहिले आफु समान्य अवस्थामा रहेको र सबै नगरवासीलाइ सुरक्षित र सर्तक रहन आग्रह गरेका छन् ।
आफुलाइ अहिले सामान्य रुघाखोकी र ज्वारो आएको र विस्तारै कम हुँदै गएको उनले बताए । घरमा छुट्टै कोठामा अन्य सामान्य अवस्थामा जस्तै रहेको बताए ।
कोरोना लागेर आफु होम आइसोलेसनमा बस्दै गर्दा जनातामा जाने नकारात्मक सन्देश प्रति सबै सचेत हुन र भाइरससँग लड्न दरिलो मानसिकता बनाउन पनि उनले आग्रह गरेका छन् ।
त्यस्तै नेकपा रामेछाप नगर समितिले वडा अध्यक्ष सहित एक कर्मचारीकमा कोरोना भेटिएकामो दुःख व्यक्त गरेको छ । नेकपा रामेछाप नगर समिति अध्यक्ष मोतिलाल तमाङले विश्वलाइ आक्रान्त पारिरहेको भाइरसको विरुद्ध सबै मिलेर लडी रहेको बेलामा कर्मचारी र जनप्रतिनिधिलाइ कोरोना लाग्नु दुःखत भएको बताए । उनले संक्रमित अध्यक्ष र कर्मचारी सहित आम रुपमा रहेका सबै नागरिकलाइ दह्रो मन बनाएर रोगसँग लड्न तयार हुन आग्रह गरेका छन् । उनले संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै जनताको सेवामा खटिएको देख्न पाउने आशा गरेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..