मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार

काठमाडौं । काठमाडौंबाट रुपन्देही फर्किदै गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको छ।

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा मणिग्राम, कोटिहवा र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए। कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो।

अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको र मुख्यमन्त्रीलाई सामान्य चोट लागेको छ। गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो।

मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरी श्रोतले जनाएको छ। कति क्षति भयो भन्ने यकिन छैन। प्रहरीले सोही स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ।

मुख्यमन्त्री सवार गाडीमा कसले ढुंगा प्रहार गर्‍यो भन्ने खुलेको छैन। प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा सरकारले दर्ता गरेपछि पार्टी बैठकपछि शनिबार मुख्यमन्त्री पोखरेल काठमाडौ गएका थिए।

सदनमा पेश गरेको प्रस्तावप्रति असन्तुष्ट पक्षले रुपन्देही बन्दका कार्यक्रमसहित प्रदर्शन गरिरहेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..