तातोपानी नाका आजबाट सञ्चालन हुने, ११ कन्टेनर कपडा र कच्चा पदार्थ भित्रिए

सिन्धुपाल्चोक । गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आइतबारबाट चिनियाँ सामग्री आउन सुरु गरेको छ ।

हिजो ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो ।भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

यसैबीच, असार २५ गतेबाट बन्द तातोपानी नाका आजबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो ।

नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..