धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु 1

असोज १९, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिए । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..