भीड र खुला सीमाका कारण सङ्क्रमण तीव्र वृद्धि : १४ दिन क्वारेन्टिनमा बस्न आग्रह

भीड र खुला सीमाका कारण सङ्क्रमण तीव्र वृद्धि : १४ दिन क्वारेन्टिनमा बस्न आग्रह 1

असोज १९, काठमाडौं । काठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनम बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए ।
आज मात्रै मुलुकभर दुई हजार ४४० सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा एक हजार ५३१ सङ्क्रमित फेला परेका छन् । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि सङ्क्रमण बढेको उनले बताएका हुन् । “ खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौं । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।”

त्यस्तै सरकार पनि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड लागू गर्न पूर्ण रुपमा असफल भएको छ । सरकारको स्वास्थ्य मापदण्ड लागू गराउन कहीँ कतै अनुगमन गरेको देखिदैन । होटल, रेष्टुरेन्ट, महल र बजारहरु भीडामभिड रहेको छ । कहीँकतै पनि मापदण्ड लागू गर्नका लागि सरकारको उपस्थति नै देखिँदैन । सरकारका पदाधिकारी र सरकारी निकायहरु पत्रकारसम्मेलन गर्ने औपचारिकता भन्दा अरु केही गर्दैनन् ।

त्यस्तै प्राइभेट अस्पतालहरु यो बीचमा नभएको व्यापार उकास्न लागेका छन् । उनीहरु कोरोनाको विरामीसँग ब्रम्हलुट मच्चाइ रहेका छन् । ग्रीनसिटी, केएमसी, मेडासिटी लगायत हस्पिटलहरुले वास्तविकता लुकाएर हप्तौसम्म भेन्टिलेटरमा कोरोनाको विरामी राखेर पैसा असुलिरहेको विभिन्न स्रोत मार्फत् पत्ता लागेको छ ।

उनका अनुसार नेपालमा हाल आइसोलेशन २० हजार ७६५, सघन उपचार कक्ष दुई हजार ६०० र भेन्टिलेर ९०० छन् । अझै ११० भेन्टिलेटर आउने क्रममा छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..