यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौं । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा कायमै रहेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा हुनेछ । त्यसैगरी प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आजराती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक, दुर्इ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..