प्रदेश ५ को नामाकरण र राजधानीको प्रस्तावमा आज मतदान हुँदै

काठमाडौं । दाङको भालुवाङमा ५ नम्बर प्रदेशको स्थायी राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेश सभाको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो । प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा गरिएको प्रस्तावमा संसोधन हाल्न बिहान साढे १० बजेसम्मको समय सांसदलाई दिइएको छ ।

सचिव पुनका अनुसार हालसम्म प्रदेशको नामाकरणको सम्बन्धमा एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको चार दिनअघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो ।

आजको प्रदेश सभा बैठकमा संसोधन हाल्न प्रस्ताव फिर्ता लिन चाहेमा समय दिइनेछ । यसअघि सरकारले ल्याएको प्रस्तावमा मतदान आजै हुने छ । प्रस्ताव पारित हुनका लागि जम्मा सांसद संख्या ८७ को ५८ मत खस्नुपर्नेछ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..