यसरी गर्नुस महिलामा हुने यौन समस्याको समाधान

यौन जीवनको अभिन्न अंग हो । धेरै महिला विभिन्न यौनसमस्याले पीडित हुन्छन् । केही यौनसमस्याको समाधान एक्लैले गर्न सकिन्छ भने केहीका लागि चिकित्सकको सल्लाह आवश्यक पर्छ ।

पुरुषमा भन्दा महिलामा यौन समस्या बढी हुन्छन् । यौन आफैँमा जटिल विषय हो । यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ । त्यस्तै, तथाकथितयौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौनसमस्या झन् बल्झिन्छ ।

लाजका कारण धेरै महिलाले यस्ता रोग लुकाएको पाइन्छ ।

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि चरमोत्कर्षमा पु¥याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भएपनि महिलाका हकमा यसो नहुनसक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुआत नहुनसक्छ ।

यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुनसक्छ । धेरै महिलाले सेक्स गर्दा अग्र्याजममा नपुगे पनि आफू सन्तुष्ट भएको बताउँछन् । यौनको भौतिक र भावुक पक्षले चरमसुखसबिना पनि आनन्द दिनसक्छ तर केही महिलालाई चरमोत्कर्षमा नपुग्दा यौन असन्तुष्टि रहन्छ । यौन सम्पर्कबाहेक चुम्बन, संवेदनशील अंग स्पर्श आदिले उनीहरूलाई बढी उत्तेजनामा ल्याउनुपर्ने हुन्छ । यौनसमस्या मुख्यतया चार प्रकारका हुन्छन् :

यौन इच्छाको समस्या, यौन उत्तेजनाको समस्या, सम्भोग सुखको समस्या र यौन पीडाको समस्या ।

यौनेच्छाको समस्या

जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौनइच्छाको समस्या रहेको हुन्छ ।

यो चिन्ताको विषय हो । यौनउत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ । रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुृन् । केही केही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन् । रोग, मानसिक तनाव, रक्सी सेवन, धूमपान आदिका कारण महिलामा यौनउत्तेजनाको समस्या आउनसक्छ ।

सम्भोग सुखको समस्या

सम्भोग सुखको अनुभव नभएपनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिनसक्छ । तर, कसै कसैलाई चरमसुखको अभावले चिन्तित बनाउँछ । आफ्नो प्रेमी या श्रीमान्लाई विश्वास नगर्ने र बढ्दो उमेरका महिलालाई यो समस्या हुन्छ ।

यौनपीडाको समस्या

यौनसम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौनपीडा भनिन्छ । अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौनपीडा भोगेका हुन्छन् तर यौनपीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

यौनसमस्याका कारण

बढ्दो उमेर : महिलाको यौनचाहना बढ्दो उमेरसँगै घट्दै जान्छ । यसले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ । श्रीमान्–श्रीमतीले यसबारेमा खुलेर कुरा गर्नुपर्छ र एकअर्कालाई कसरी सन्तुष्टि दिने भन्नेमा ध्यान दिनुपर्छ । स्वस्थ र सुखी जीवन व्यतीत गर्न यौनलाई निरन्तरता दिनसक्नुपर्छ ।

हार्मोनको परिवर्तन : जीवनका विभिन्न चरणमा महिलाको यौनचाहना र प्रतिक्रिया फरक फरक हुनसक्छन् ।

गर्भवती हुँदा, महिनावारी रोकिएपछि या महिनावारीका दिन अनुसार यौनचाहनामा परिवर्तन आउँछ । शरीरमा हुने हार्मोनको परिवर्तनले यस्तो हुन्छ । एन्ड्रोजिन हार्माेनले यौनचाहना घटाउँछ भने एस्ट्रोजिन हार्माेनले योनीलाई सुख्खा पार्ने काम गर्छ । जसले यौनसम्पर्कलाई कष्टदायी बनाउँछ ।

अन्य कारण : रोग या कुनै विशेष

औषधि सेवनले यौनसमस्या हुनसक्छ । पुरुषसँग आत्मीय सम्बन्ध नहुँदा पनि महिलामा यौन समस्या देखिनसक्छ । पुरानो दुखद अनुभव या डिप्रेसनले पनि यौनसमस्या हुनसक्छ ।

समाधानका उपाय

यौनसमस्याले चिन्तित पारेको छ भने मात्र यसको समाधान खोज्नु जरुरी हुन्छ । सबैभन्दा पहिले महिला र उनका प्रेमी या पतिले समस्यालाई बुझ्नुपर्छ । सिधा यौनसम्पर्कबाहेक अरू गतिविधिले पनि यौनआनन्द दिनसक्छ भन्ने बुझ्नुपर्छ ।

संवेदनशील अंगमा छुनु, हस्तमैथुन– मास्टरबेसन), मुखमैथुन (ओरल सेक्स) गर्नु आदि पनि सम्भोग सुख प्राप्त गर्ने उपाय हुन् । लागूपदार्थको लत छ भने यौनसमस्याबाट मुक्त हुन यसको परित्याग अत्यावश्यक छ । चिकित्सकको सल्लाह लिनुअघि यी प्रयास गरेमा यौनसमस्याबाट पालास्र पाउन सकिन्छ –

–महिलामा यौनइच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ । कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ । सम्भोगमा भन्दाआत्मीयतामा बढी ध्यान दिनुपर्छ ।

यौनज्ञान र सम्भोगकला महिलाका यौनसमस्या हटाउन उपयोगी हुन्छन् ।

– पर्याप्त आराम गरेर, प्राक्क्रिडा (फोरप्ले) को अवधि बढाएर, योनीका मांसपेशीको कसरत (केगेल एक्सरसाइजेज) गरेर यौनउत्तेजना बढाउन सकिन्छ ।

– यौनउत्तेजना बढाउने क्रियाकलाप गर्नु, सम्भोगमा एकाग्र हुनु र यौनसम्बन्धी कल्पना गर्नु सम्भोगसुख बढाउने उपाय हुन् ।

– विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ । यी प्रयासहरूलेयौनसमस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
डा. अनुपमा सुवाल

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..