पछिल्लो २४ घण्टामा देशभरमा १५५१ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १०१७ जनामा

असोज २०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४७ नमुना परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया ९० हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । १२ हजार ३१६ होम र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १०१७जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १०१७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७८३, ललितपुरका ११६ र भक्तपुरका ११८ जना छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..