दशैंमा तलेजुमा बली नदिने

भक्तपुर । भक्तपुरको चर्चित मन्दिर तलेजु मन्दिरमा दशैंमा दिइने बली यो बर्ष नदिने भएको छ । गुठी संस्थानले तलेजु पुजाको लागि दशैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस दिने प्रचलन छ ।
भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्र.अ. यज्ञराज जोशी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, महानगरी प्रहरी परिसरका प्र.ना.उ केशवकुमार थेवे, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला सिद्धिवीर कर्माचार्य, प्रज्ञेशराज राजोपाध्याय, पदम कर्माचार्य र महेश कर्माचार्य सहितको सहभागीता बसेको बैठकले दशैंमा तलेजुमा बली नदिने निर्णय भएको हो ।
भक्तपुर नगरपालिकाको पहलमा बसेको बैठकले नजिकिँदै गरेको बिजया दशमी (दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक बसी यस्तो निर्णय गरेको हो ।
नगर प्रमुख सुनिल प्रजापतिले कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरमा मनाइने सम्पूर्ण जात्रा र पर्वहरूलाई औपचारिकतामा सीमित गराउनु पूतावलाइ बैठकमा उपस्थित सबैले सहमति जनाएका थिए ।
विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिकदुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विषम अवस्थामा यस वर्षको विजया दशमी २०७७ को अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म भीडभाड नगरी औपचारिकतामा मात्र सीमित गर्न नगरबासीहरूलाई नगरप्रमुख प्रजापतिले आग्रहश पनि गरेका छन् ।
साथै उक्त बैठकले विजया दशमी २०७७ को घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पुजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आग्रह गरेको छ ।
दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धित बाहेक अन्य नागरिकलाई प्रवेशमा नदिने पनि भएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..