संसद श्रेष्ठ भन्छन्,पुर्वाधार विकासको डिपिआर बनाएर ल्याउनुस्

संसद श्रेष्ठ भन्छन्,पुर्वाधार विकासको डिपिआर बनाएर ल्याउनुस् 1

रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज तथा केन्द्रिय सदस्य श्याम कुमार श्रेष्ठले रामेछापको सडक तथा अन्य पुर्वाधार विकासको डिपिआर तयार गरेर ल्याउन आग्रह गरेका छन् । उनले आफु रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको भन्दै विकास निर्माणमा डिपिआर बनाएर ल्यााए आफुले बजेट व्यवस्थापनमा दृढ भएर लाग्ने बताएका छन् । लिखु तामाकोसी गाउँपालिकाको पाँचौ गाउँसभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
गाउँसभालाई सम्बोधन गर्दै उहाँले लिखु तामाकोसी गाउँपालिकाको विकासमा सक्दो सहयोग गर्ने बताएका छन् । सडक लगायतका पूर्वाधार निर्माणको डिपिआर तयार पारेर ल्याउन आग्रह गर्दैै सांसद श्रेष्ठले आवश्यक बजेटको व्यवस्था गर्न आफूले पहल गर्ने बताए । आफु रामेछापको प्रतिनिधि भएको कारण रामेछापको बिकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।
उहाँले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम भइरहेको बताउदै विकास निर्माणको कामले गति लिएको बताएका छन् । चालु आर्थिक बर्षको लागि संघीय सरकारले पाँच अर्ब भन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् । सांसद श्रेष्ठले जिल्लाको विकासमा आफू प्रतिबद्ध भएर लागेको र जिल्लामा बिकासले गति लिइरहेको पनि बताए ।
कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेलले समृद्ध रामेछाप निर्माण गर्नको लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अगाडि बढनु पर्नेमा जोड दिए । उनले लिखु तामाकोसी गाउँपालिकाले अगाडि सारेको नीति कार्यक्रम कार्यान्वयन गर्नको लागि एकताबद्ध भएर लाग्न पनि आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठ, बागमती प्रदेशका सांसद एवं नेकपा रामेछापका सचिव शान्ति पौडेलको पनि सहभागीता रहेको थियो ।
लिखु तामाकोसी गाउँपालिकाकाको अध्यक्ष गोविन्द बहादुर खड्का पुर्वपक्षको लागि जेलमा छन् । उक्त गाउँसभाको अध्यक्षता उपाअध्यक्ष तथा कार्यवाहाक अध्यक्ष दीपशिखा दाहालले गरेकी थिइन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..