आईपीएलमा राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

आईपीएलमा राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा 1

साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली पराजित भयो । यस्तै जोफ्रा आर्चरले २४, टम कुरानले १५ रन, महिपाल लोमरोरले ११ रन बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २–२ विकेट तथा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० र कुर्नाल पाण्डयले १२ रन जोडे ।

राजस्थानका श्रेयस गोपालले २, जोफ्रा आर्चर र कार्तिक त्यागीले १–१ विकेट लिए ।

जितसँगै मुम्बईले ६ खेलमा ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईको यो चौंथो जित हो भने राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको र पुछारबाट दोस्रो स्थानमा छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..