प्रवासी नेपाली एकता मञ्च ओमनका नेता अर्जुन कार्कीको कोरोनाको कारण निधन

काठमाडौं । प्रवासी नेपाली मञ्च ओमनका केन्द्रिय सदस्य तथा नेकपा रामेछाप नगरपालिका वडा नम्बर ७ वडा समिति सदस्य अर्जुन कार्कीको कोरोनाको कारण निधन भएको छ । कार्कीको कोरोनाको कारण केएमसी अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ ।
कुनै पनि दीर्घ रोग नभएको कार्की सेप्टेम्बर १५ मा ओमनबाट नेपाल आएका थिए । उनी ओमना कोरोना नेगेटिभ भएर आएका थिए । नेपाल आएर होम क्वारेन्टिनमा रहेको उनलाइ एक हप्तापछि कोरोना भेटिएको थियो ।
कोरोनाको कारण फोक्सो र पित्तथैलीले काम गर्न छाडेको थियो । ४६ बर्षिय कार्कीको नेपाल आएको एक महिना पनि नपुग्दै कोरोनाको कारण निधन भएको हो ।
कार्कीको निधनसँगै रामेछापको एउटा इमान्दार, सहयोगी तथा समाजसेवी व्यक्ति गुमाएको नेकपा रामेछाप नगर समितिको कार्यलय सदस्य तथा समाजसेवी नरेशबाबु श्रेष्ठले बताए । उनी प्रत्यक पटक नेपाल आउँदा आफ्नो वडाको गरिव र बृद्धाहरुको खुसी लिएर आउने गरेको श्रेष्ठले बताए । कार्कीको निधनसँगै अब उनीहरुको खुसी पनि सधैको लागि हराएको उनले बताए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..