
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।
उनले फेसबुक मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जनकारी दिएका हुन् । पथिकले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।
Loading...