बालबालिकाको घरघरमा दिवा खाजा

बालबालिकाको घरघरमा दिवा खाजा 1

जाजरकोट, २१ असोज । कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पु¥याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराएको छ ।

जिल्लाका २०२ आधारभूत विद्यालयमा कार्यरत २५ हजार ४५० बालबालिकाले दिवा खाजा खाँदै आएका छन् । विसं २०५४ देखि जाजरकोटमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रमद्वारा यो दिवा खाजा विद्यार्थीलाई उपलव्ध हुँदै आएको छ । कोरोनाको प्रभाव नभएको अवस्थामा विद्यालयमा उपलव्ध हुँदै आएको दिवा खाजा अहिले कोभिड–१९ का कारण विद्यार्थीको घरघरमा पु¥याएर व्यवस्थापन गरिएको छ ।

जिल्लाका पश्चिम थलह मुख्य गोदामबाट पजारु, स्याला, सानाखोला, देउसुले, तापुचौरलगायत सब डिपोमा ल्याई त्यहाँबाट विद्यालयमा पठाउँदै आइएको छ । त्यस्तै पूर्वको छेप्का मुख्य गोदामबाट सब डिपोहरु कैना, चोखा, लैलख र लिम्सामा खाद्यान्न ढुवानी गरी विद्यालयमा वितरण गरिँदै आएको छ । यो कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नून वितरण गर्दै आएको थियो । कोभिड–१९ का कारण ‘घरै बसौँ, खाउ’ भन्ने नाराका साथ शिक्षाका लागि खाद्य कार्यक्रम एकाइबाट साउनदेखि असोजसम्म प्रतिव्यक्ति साढे ६ केजी चामल, डेढ केजी दाल, १ केजी नून वितरण गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटका प्रमुख रवीन्द्रमान सिंह भण्डारीले जानकारी दिए ।

दिवा खाजा ढुवानी गर्दा जिल्लाको मुख्य गोदामहरुमा विश्व खाद्य कार्यक्रमले ढुवानी गर्दै आएको छ । मुख्य गोदामबाट सब गोदामसम्म नेपाल सरकारले ढुवानी गर्ने व्यवस्था गरिएको छ ।
रासस

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..