पछिल्लो २४ घण्टामा देशभरमा ३४३९ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १६८४ जनामा

असोज २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा ३४३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।

काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जना छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..