कोरोना सक्रमण भएपछि संसद चौधरी अस्पताल भर्ना, श्वास प्रश्वासमा समस्या

काठमाडौं । कोरोना भाइरस सक्रमण भएपछि नेकपाकी संसद शान्ता चौधरी अस्पताल भर्ना भएकी छिन् । संक्रमण भएपछि घरैमा छोरीसँग बसेकी चौधरी स्वास्थ्य अवस्था जटिल भन्दै गएपछि अस्पताल भर्ना भएकी हुन् ।
चौधरीले अस्पतालमा उपचार गराइरकी छिन् । उनलाइ श्वास प्रश्वासमा समस्या भएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाकारी दिएकी छिन् । उनले आफु अस्पतालमा भएको र आफुलाइ माया गरेर स्वास्थ्य अवस्था बुझ्न फोन गर्दा आफुले त्यसको रेस्पोन्स गर्न नसक्ने अवस्थामा रहेको जानकारी दिएकी छिन् ।

शान्ताले फेसबु्कमा लेखेकी छिन्,आदरणिय नेतागण तथा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरु !
म अस्पत्तालमा उपचाररत छु । यहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ । म त्यसका लागि आभारी छु ।
स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको महसूस हुन्छ । त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु । मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..