
असोज २२, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जना जनामा कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा ४ हजार ३६४ जना जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २६ हजार ६२४ संक्रिय संक्रमित छ ।
एकैदिनमा काठमाडौं उपत्यकामा २५४० जना संक्रमित
असोज २२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २५४० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।
Loading...