कोरोना संक्रमित रामेछापका रामकृष्णको निधन

 

काठमाडौं । कोरोना संक्रमणबाट रामेछाप स्थायी घर भएका एक जनाको शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली स्थायी घर भएका ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिक छाउनी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बेताली घर भएका भण्डारी हाल काठमाडौंको चावहिलमा बसोबास गर्दै आएका थिए ।

नेकपाका नेता तथा बेतालीका प्रेम कुमार कार्कीले भण्डारीको शुक्रवार दिउसो उपचारको क्रममा निधन भएको बताए । शुक्रवार कोरोनाबाट देशभर गरी ६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट हालसम्म रामेछापका चार जनाको निधन भइसकेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..