कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने

काठमाडौं । कोरोना सङ्क्रमण बढदै गए पनि सरकारले तत्काल लगडाउन नगर्ने भएको छ । हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

विज्ञहरुले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि लकडाउन गर्न सुझाव दिएका थिए । तत्कालका लागि लकडाउन नगर्ने योजना नबनाएको तर ठाउँ अनुसार फरक रणनीति अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले सीआईएनसँग कुराकानी गर्दै लकडाउन गर्ने त्यस्तो कुनै निर्णय नभएको र संक्रमण रोक्नु नै पहिलो प्राथमिकता भएको बताउनुभयो ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..