सरकार र डाक्टर केसी पक्ष थप वार्ताको आन्तरिक तयारीमा

काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् ।

गएराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकारपछि हटेपछि वार्ता भंग भएको केसीपक्षको वार्ता टोलीका सदस्यको आरोप छ ।

वार्ता टोलीका संयोगव डाक्टर जीवन क्षेत्रीले आज आन्तरिक छलफल गरेर वार्ता गर्ने की आन्दोलनमा जाने भन्ने निर्णय हुने बताउनुभयो । सरकार पक्षले भने आज थप गृहकार्य गरेर वार्ता गर्ने बताएको छ ।

सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँको असामान्य धड्कन बढ्दैगएको छातीमा समस्या देखिएकाले उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..