दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिए

काठमाडौं । भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन् ।

कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन् ।

वैदेशिक रोजगार विभाग अन्र्तगतको इपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमका अनुसार अहिले बीमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन नसकिएको हो ।

कोरिया सरकारले विदेशबाट आउने श्रमिकले १० लाखको कोरोना बिमा अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान ल्याएको छ ।

तर, नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था छैन । उनीहरुले वैदेशिक रोजगारको बिमा गर्ने गरेपनि अब छुट्टै कोरोना बीमा गर्नुपर्ने शर्त कोरियाको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..