सप्तरी, चितवन, कैलालीमा थप एक/एकजना कोरोना संक्रमितको मृत्यु

असोज २५ , काठमाडौं। भरतपुर महानगरपालिका(२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट निधन भएको छ ।
६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजले जानकारी दिए ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सप्तरीमा थप एक जना कोर।ोना संक्रमितको निधन

सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका(७ ब्रहमपुर घर भई सदरमुकाम राजविराज वडा नम्बर ६ मा डेरामा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

वडाध्यक्ष प्रेम यादवका अनुसार पछिल्लो केही दिन यता ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् ।

आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएको केही बेरमै उनको मृत्यु भएको वडाध्यक्ष यादवले बताए ।

मृतक महिला उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित थिइन् । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २० पुगेको छ । यसमध्ये तीन जना महिला छन् ।

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका( ३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

असोज १९ गते सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताए । ‘उहाँको अवस्था सामान्य थियो’ उनले भने ‘हिजो राति एकाएक स्वासप्रस्वासमा समस्या आयो र बित्नु भयो ।’

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..