काठमाडौं उपत्यकामा १४१६ जना, देशभरमा जम्मा २०७१ जनामा कोरोना संक्रमण पुष्टि

असोज२५, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ PCR नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० जना, ललितपुरमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन्, ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

देशभरमा कोरोनाबाट ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..