शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण

असोज २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेललाई कोरोना संक्रमण भएको छ ।

मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए। मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

हल्का ज्वरो आउनेबाहेक अरु समस्या नभएको भन्दै उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गरी आफ्नो स्वास्थ्यबारे ढुक्क हुन पनि आग्रह गर्नुभएको छ ।

त्यस्तै पर्यटन, संस्कृतिक तथा उड्यन मन्त्री योगेश भट्टराईलाई र प्रधानमन्त्रीका सल्लाहकारहरुलाई कोरोना संक्रमण भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..