नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु. तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु. १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।
बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्ब बराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..